काठमाडाैं ।। मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।सारजाहमा गयराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षमितमा १ सय १४ रन बनाएको थियो । १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अङ्क जोडेको छ भने चेन्नईले ११ खेलमा ६ अङ्क जोडेपनि लिग चरणमै रोकिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।