काठमाडौं ।। देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुष गरि पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छ् ।।हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।
आज विगत २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।