वीरगञ्ज ।। नेपाल कम्युनिष्ट पार्टी पर्सा (नेकपा) को बिन्दबासिनी गाउँपालिमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्सा प्रहरीले जनाएको छ ।उनको न्युरो अस्पतालमा अईसियूमा राखेर उपचार चलिरहेको थियो । टाउकोमा धेरै जोरले हिर्काएको कारण उनको टाउकोमा ठुलो चोट लागेर अत्याधिक रगत बगेको चिकित्सकहरुले बताएका थिए ।
झडपमा चौधरीलगायत ८ जना घाइते भएका थिए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मुकेश चौरसियाको शुक्रबार विहान निधन भएको प्रहरीले बताएको छ । बाँकी तीनजना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।