रौतहट ।। हिन्दुहरुको महान पर्व बडाँ दशैं , दिपावली तथा छठपर्व रहेको समयमा यात्रुु तथा भक्तजनको सरक्षाको लागी रौतहटमा ८ सय भन्दा बढी प्रहरी परिचालन भएको रौतहटका एसपी सिद्धि बिक्रम शाहले बताएका छन ।
जिल्लामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकाय कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पर्वहरु नजिएसंगै रौतहटका विभिन्न स्थानमा अप्रिय घटना हुन सक्ने भन्दै सुरक्षा निकायका प्रहरीहरु परिचालन गरि सकेको प्रहरी प्रमुख शाहले बताउनु भयो । शाहका अनुसार रौतहटमा चाडपर्वका बेला शान्ति सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि ८ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनु भयो ।
रौतहटको शान्ती सुरक्षा सुुदृढ गर्न एकिकृत योजना बनाई नेपाल प्रहरी,सशस्त्रलाई मोबाईल गाडी तथा मोटरसाईकलमा परिचालन गर्ने समेत उहाले बताउनु भयो । शान्ती सुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त तथा एकल प्रहरी परिचालन,घटना पश्चात तुुरुन्त राहत तथा अनुसन्धान गर्न छुटै टिम बनाइएको र चाड पर्वमा बिशेष रुपले सुरक्षा प्रदान गर्न प्रदेश २ बाट थप ५० जना प्रहरीको टोली रौतहट आइपुगेको प्रकरी प्रमुख शाहले जानकारी दिनु भयो ।
साथै कोरोना भाइरस अर्थात कोभिड–१९ को जोखिम उच्च रहेकाले सुरक्षीत मापदण्ड अपनाई पर्वहरु मनाउन प्रहरी प्रमुख शाहले अनुरोध गर्नुभयो ।