काठमाडौँ ।। बलिवुड चलचित्र ‘दिल वाले दुल्हनिया लेजाएन्गे’ (डिडिएलजे) को रिलिजको २५ बर्ष पुरा भएको छ ।
यस फिल्मले अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको जोडीलाई अहिलेसम्म पनि बलिवुड नम्बर वान जोडीको रुपमा स्थापित गरिदिएको थियो ।
फिल्म कैयौ बर्षसम्म सिनेमा हलमा प्रदर्शन गरिएको थियो । १९९५ अक्टोबर २० मा रिलिज भएको यो फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका थिए । फिल्ममा शाहरुख र काजलका अलावा अनुपम खेर र अमिरिश पुरीको मुख्य भूमिका रहेको थियो ।
यसै अवसरमा शाहरुख खानले सामाजिक संजाल ट्वीटरमा आफ्नो नाम फिल्ममा आफुले निभाएको भूमिका राज मलहोत्राको नाम राख्दै परिवर्तन गरेका छन् । त्यस्तै अभिनेत्री काजोलले पनि आफ्नो ट्वीटरको नाम परिवर्तन गरेर सिमरन राखेकी छन् । दुवैले फिल्मलाई दर्शकले दिएको मायाका लागि धन्यवाद दिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












