रौतहट ।। नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग अन्र्तगत चन्द्रपुरमा करदाता सेवा कार्यालयको स्थापना भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ देखि संचालनमा आउने गरी सरकारले २४ वटा करदाता सेवा कार्यालय थप गरेको थियो । सोहि अनुसार चन्द्रपुरमा आज कार्यालयको स्थापना गरिएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ का दिनानाथ खरेललाई शान्ता किराना पसलको स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्र दिदै सेवा शुरु गरिएको छ । करदाता कार्यालय मार्फत कर सम्बन्धि सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धि शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु दिने छ । कर सम्बन्धि हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र सहज बनाउने उद्देश्यले चन्द्रपुरमा करदाता सेवा कार्यालय खुलेको हो । चन्द्रपुरमा करदाता सेवा कार्यालयको स्थापना हुनुले खुसी थपिएको र व्यवसायीलाई सहज हुने भएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले जनाएको छ । लामो समयसम्म कर नतिरी निष्क्रिय रहेका उद्योगी व्यवसायी समेत करको दायरामा आउने अपेक्षा गरिएको छ । चन्द्रनिगाहपुरमा स्थापना भएको करदाता सेबा कार्यालयले रौतहटको सात वटा पालिका भित्रमात्र सेबा दिईने प्रमुख उद्धब अधिकारीले बताउनु भयो । उहाका अनुसार चन्द्रपुर, गुजरा फतुवा बिजयपुर, कटहरिया, गरुडा, गडिमाई र बृन्दाबन नगरपालिका भित्रको ब्यबसायी लगायत लाई सेबा दिईनेछ ।
चन्द्रपुरमा आजबाट करदाता सेवा सञ्चालनमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।