रौतहट ।। जिल्लाका बिभिन्न भगमा हुने राजनितिक ,धार्मिक ,सामाजिक लगायतका कार्यमा प्रयोग हुने डीजे साउण्ड सिस्टममा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादवले बताएका छन । पछिलो समय विगत २ वर्ष देखि रौतहटका सचेत युवाहरुको समूहले चर्को स्वर असलित गीत प्रयोग हुदै बजाउने गरेका डीजे साउण्डमा प्रतिवन्ध लगाउनु पर्ने भन्दै आए पनि अहिले प्रमुख जिल्ला अधिकारी यादवले सो अभियानको निर्णायक निर्णय गर्न सफल भएका छन ।
जिल्ला सुरक्षा समिति , जिल्ला स्तरीय कोभीड़ १९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकबाट भएको निर्णय अनुसार प्रतिबन्ध लगाइएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । असोज २२ गति देखि लागू हुने गरी डीजे साउण्ड सिस्टममा रोक लगाइएको हो ।
अर्को सुचना जारी नभए सम्मको लागि कुनै पनि ठाउमा डीजे साउण्ड ,स्पीकर प्रयोग गर्न नपाउने गरी आदेश जारी गरिएको जिल्ला प्रसाशन कार्यालय द्वारा जारी गरिएको पत्रमा उल्लेख रहेको छ । जारी आदेशको उलंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ अंतर्गत कÞानूनी कार्यवाही समेत गरिने चेतावनी दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवको सामाजिक सदभाव ,शांति सुरक्षा स्थापनाको निमित गरिएको यो कार्यको चौतर्फी रुपमा सराहना गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले समाजमा डीजे साउण्डबाट र अश्लील गीतबाट उत्पन्न हुने विकृतिको अन्त्य हुने गरी जारी भएको आदेश सराहनीय भएको बताएका छन ।
चर्को स्वरमा प्रयोग हुने डीजे साउण्डबाट सामाजिक सदभावमा खलल पुग्नुको साथै दुर्घटना हुने अवस्था रहेकोले प्रमुख जिल्ला अधिकारी यादवको कार्य सामाजिक हितमा रहेकोले सवैले सहयोग गर्नु पर्ने आग्रह गरे ।
रौतहटमा डीजे साउण्ड बजाउन प्रतिवन्ध
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		