रौतहट ।। रौतहटमा एक युवतीको शव फेला परेको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका महमद धुनियाको १७ बर्षिया छोरी रोबिना मन्सुरीको शब फेला परेको हो । मन्सुरीको मृत अवस्थामा बुधबार अपरान्ह ४ बजे शब फेला परेको थियोे ।छतौनाका ३३ बर्षिय फुल महम्मद, ४२ बर्षिय लाल महम्द, ५० बर्षिय नसरुद्दीन मन्सुरी र निजकै श्रीमती ४३ बर्षिया सहनाज मन्सुरीसहित चार जना मिलेर छिमेकी जनरल कवाडीको घरमा राखेर उनीहरु फरार भएको प्रत्यक्षदर्शीले बताएका छन ।इलाका प्रहरी कार्यालय गंगा पिपरालाई उनीहरुले करिब ६ बजेर खबर गरेपछि तत्कालै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले फुल महम्मद र सहनाज मन्सुरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिएका छन । पक्राउ परेका मृतक युवतीको काका र काकी रहेको प्रहरी उपरिक्षक शाहले बताए ।फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको एसपी शाहले जानकारी दिएका छन । मृतकको घाँटीमा डाम जस्तो दाग देखिएको हुँदा शवलाई पोष्टमार्टम सहितको आवश्यक प्रक्रिया पुरा गर्न गौर अस्पतालमा शव लगिएको प्रहरीले जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा एक युवतीको शव फेला
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।