एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टा ९ सय ८६ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या १ लाख ४ हजार ५५५ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।

यस्तै भारतमा एकैदिनमा थप ७२ हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म भारतमा कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार १३१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८२ हजार २०३ जना संक्रमण मुक्त भएका छन । हालसम्म ५७ लाख भन्दा बढी रहेको छ । भारतमा हाल ९ लाख ७ हजार ८८३ एक्टिभ केश रहेका छन ।

पछिल्लो २४ घण्टामा ११ लाख ९९ हजार ८५७ कोरोना परीक्षण भएको छ । हालसम्म कुल ८ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here