रौतहट ।। स्वास्थय सुरक्षा मापदण्ड पूरा गरी रौतहटको सदरमुकाम गौर नगरपालिकाभित्रका विद्यालयमा आइतवार देखी पठनपाठन सुरु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण करिब ७ महिना देखी बन्द रहेको विद्यालयहरू आइतवार देखी सञ्चालनमा आएको हाे । विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरुले पढन पाएका छन् ।
कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिदै ,बिद्यालय कक्षा कोठा दैनिक सेनिटाईज गरेर कक्षा सञ्चालन हुदै , विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धोएर र मास्कसहित मात्रै विद्यालयमा विद्यार्थाीहरु प्रवेश गरिरहेकाे निजी विद्यालयका प्रधानध्यापकहरुले जनाएकाे छ ।
विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बसेर भौतिक दूरी कडाइका साथ कक्षा सञ्चालन भइरहेकाे छ ।
त्यसतै कोभिड १९ का कारण विद्यालय पूर्णरुपले सञ्चालन नहुँदा विद्यार्थीको सिकाई प्रभावित भएको अभिवावकहरुले बताउ छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here