राैतहट ।। राजपुर बमकांडका फरार अभियुक्त मध्ये थप एक जनालाइ प्रहरीले पक्राउ गरेका छन ! २०६४ साल चैत्र २७ गते पहिलो संविधान सभाको मतदानको पूर्व संध्यामा भएको बम विस्फोटका घटना घाइते भएका १३ जनालाइ जिउदो ईटाभट्टामा चलाएको आरोप लागेका ईटा भट्टाका हेड मिस्त्रीलाइ प्रहरीले पक्राउ गरेको हो । सहनीलाइ प्रहरीले बौधिमाई नगरपालिका वड़ा नम्बर ७ बाट नेपाल भारत सिमानाबाट पक्राउ गरेको छ ।
१२ वर्ष पछि बम विस्फोटका अभियोगमा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महमद आफताव आलम पक्राउ परेपछि मुद्दा को कार्यवाही अगाडी बढेको थियो । घटनाका मुख्य आरोपित आलम पुरपक्षका लागि कारागारमा रहेका छन भने फरार भएका प्रतिवादी मध्येको रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ४ का ५५ वर्षीय बद्री साहनीलाइ प्रदेश २ को प्रहरीले पक्राउ गरेका हुन ।
पक्राउ परेका साहनीले निलंवित सांसद आलम र निजको भई महत्तव आलमको निर्देशनमा घाइतेहरुलाई जिउदै जलाएको स्वीकार्य गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरज प्रताव सिंहले जनाएको छ ।
जिउदै छोरालाइ भट्ठामा जलाएको भन्दै यमुनामाई गाउँपालिका अंतर्गतको सरुअठा निवासी श्री नारायण सिंह र रोक्साना खातूनले दिएको जाहेरी दरखास्तमा सर्वोच्च अदालतले मुद्दाको अनुसन्धान गर्न आदेश जारी गरेपछि मुद्दाको अनुसन्धान सुरु गरिएको थियो ।
यस अघि पक्राउ परेका एक जना अभियुक्त धरौटी तारीखमा रिहा भएका छन भने अन्य अभियुक्तहरु अहिले सम्म फरार रहेका छन ।
राजपुर बमकांडका आरोपित हेड मिस्त्री सहनी पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












