रौतहट ।। विश्व पर्यटन दिवस २०२० को अवसरमा राजदेवी नगरपालिका वड़ा नम्बर ६ स्थित राजदेवी मंदिरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्म भएको छ । भिजिट मधेश नेपाल प्रदेश २ को आयोजना तथा उद्योग ,पर्यटन ,वन तथा बातावरण मंत्रालय प्रदेश २ र राजदेवी नगरपालिकाको सहकार्यमा राजदेवी मंदिर प्रांगणको सरसफाई तथा बृक्षारोपण गरिएको छ ।
मंदिरको सरसफाई गरिएको र मंदिर परिसरमा विभिन्न जातका बृक्षको विरुवा रोपिएको भिजिट मधेश प्रदेश २ का संयोजक नविन कुमार सिंहले जनाएका छन । बृक्ष लगाएमा बातावरण , पर्यावरणमा शुद्धता आउने संयोजक सिंहले बताएका छन । प्राकृतिक सम्पदा जोगाउनु पर्ने अहिलेको आवश्यकता रहेको जोड़ दिदै घर , खेत ,दरवाजामा विभिन्न जतका रुख लगाउनु पर्ने आग्रह गरे ।
कार्यक्रममा नेकपाका शम्भू सिंह , नेपाली कांग्रेसका रणधीर कुमार सिंह ,लगायताका युवाहरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here