रौतहट ।। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्र ३ दिनका लागी बन्द रहने भएको छ । सो स्वास्थ्य केन्द्रका एक डाक्टर कोरोना सङ्क्रमित भएपछि आजदेखि शनिबारसम्म बन्द रहने कटहरिया नगरपालिकाको कार्यालयले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा दिदै आएका सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले गुञ्जन एफएमलाई बताउनु भएको छ । नियमित सेवा प्रवाह आइतबारबाट सञ्चालनमा ल्याउने छ । रौतहटमा समुदायस्तरमा नै कोरोना फैलिएपछि नागरिकहरुमा त्रास उत्पन्न हुदै आएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।