एजेन्सी ।। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा थप ८३ हजार ३ सय ४७ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५६ लाख ४६ हजार १० पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण १ हजार ८५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ९० हजार २० पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४५ लाख ८७ हजार ६ सय १३ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ लाख ६८ हजार ३ सय ७७ जनाको उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here