काठमाडौं ।। विश्वको सबै भन्दा ठुलो लोकतन्त्रका रुपमा चिनिएको भारतम लगतार दुई पटक प्रधानमन्त्री बन्न सफल भएका नरेन्द्र मोदी आज ७० औ वर्षमा प्रवेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा शुभकामना दिनु भएको छ । बिहीबार उहाँले सामाजिक संजाल ट्वीटरमार्फत् ट्वीट गर्दै शुभकामना दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले मोदीलाई मेन्सन गर्दै ट्वीटरमा सुख र सुस्वास्थ्यको कामनाका साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्ने गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












