काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टमा ४०४ महिला र ११३५ पुरुष गरि कुल १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जनकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसका साथै देशभर निको हुनेका कुल संखया ४९ हजार ७ सय ६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितकोसंख्या १६ हजार २ सय ४२ रहेको छ । हाल संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण देशभरि ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका दुई महिला, काभ्रेपलाञ्चोकका एक महिला र एक पुरुष, सुनसरीका एक पुरुष, सप्तरीका एक पुरुष, बाराकी एक महिला र कास्कीका एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यसैगरी हालसम्म ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । सोलुखुम्बु,म्याग्दी,मुस्ताङ,डोल्पा,हुम्ला,मुगु यी जिल्लाहरु कोरोना संक्रमण मुक्त जिल्लाहरु रहेका छन् ।
काठमाडौँ उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् ।