एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा थप ८३ हजार ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको जम्मा संख्या ४९ लाख ३० हजार २ सय ३७ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण १ हजार ५४ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृतयु हुनेको कुल संख्या ८० हजार ७ सय ७६ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ९ लाख ९० हजार ६१ जना उपचार गराइरहेको छ भने ३८ लाख ५९ हजार ४ सय जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
कोभिड–१९ को विश्लेषण्न अनुसार जोन हप्किन्स युनिभर्सिटीले विश्वभरका देशहरुबाट ल्याएको तथ्यांक अनुसार कोरोना संक्रमणबाट निको भएका विरामीहरुको संख्याका अधारमा भारत पहिलो स्थानमा छ । ब्राजिल दोस्रो र अमेरिका तेस्रो स्थानमा रहेको छ ।
जोएचयू का अनुसार कोरोना भाइरसबाट सबै भन्दा प्रभावित देश पहिलो स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here