काठमाडाैं ।। कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने भएको छ । यस अघि सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था रहेकोमा बीमा समितिले मापदण्ड संशोधन गरेर निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने व्यवस्था गरेको हो ।यस अघि मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय माताहतका निकायबाट परीक्षण गरिएको परीक्षण रिपार्ट मात्रै दावी भुक्तानीका लागि हुने व्यवस्था रहेको थियो । यसको चौतर्फी आलोचना भएपछि समितिले मापदण्ड नै संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुककै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेको हो ।यो सँगै कोरोना बीमा दावी भुक्तानीमा देखिएको बिवादको अन्त्य भएको छ । मापदण्ड संशोधन गरेर बीमा समितिले अब कोरोना बीमाको सामुहिक पोलिसीमात्रै जारी गर्ने समेत नीति बनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here