एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा थप ८९ हजार ७ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार मन्त्रालयका अुनसार यसका साथै भारतमा कोरोना संक्रमितको जम्मा संख्या ४३ लाख ७० हजार १ सय २९ रहेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १५ जनामा कोरोना भाइरसका कारण मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका मृत्यु हुनेको जम्मा संख्या ७३ हजार ८ सय ९० पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ३३ लाख ९८ हजार ८ सय ४५ जना उपचार पछि निको भएर घरफर्किएका छन् । भने ८ लाख ९७ हजार ३ सय ९४ जना उपचार गराइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।











