एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढदै क्रममा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ८ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४२ लाख ४ हजार ६ सय १४ पुगेको छ ।
त्यसतै भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार १६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ७१ हजार ६ सय ४२ पुगेको छ ।
भारतमा रहेको जम्मा कोेरोना संक्रमित मध्ये ८ लाख ८२ हजार ५ सय ४२ जना उपचार गराइरहेको अवस्थामा रहेको छ । भने ३२ लाख ५० हजार ४ सय २९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here