रौतहट ।। रौतहटमा ९ वर्ष अघि हत्या गरिएका कस्य पदक विजेता कुस्ती खिलाड़ी उपेन्द्र दास बैरागीको नेपाल सरकारले राजनितिक आवरणमा हाल सम्म शहीद घोषणा नगरेको र क्षति पूर्ति समेत नदिएको भन्दै पीडि़त परिवारले प्रदेश २ सरकारका मुख्यमन्त्री महमद लालबाबू गद्दीलाइ विनती पत्र बुझाएका छन ।
रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियामा हत्या गरिएका हनुमान मन्दिरका पुजारी श्री राम साहको स्मृतिमा निर्माण हुने प्रहरी चौकीको शिलान्यास तथा हत्या गरिएका पुजारी लगायत निरंजन राम ,विजय राम र सुमिंत्रा देवी बैठाको सम्बन्धमा भेटघाट गर्नका लागि रौतहट आउनु भएका मुख्यमंत्री गद्दी र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाइ मृतक बैरागीका श्रीमती रामकुमारी देवी र छोरा रमा शंकर यादवले शहीद घोषणा तथा पाउनु पर्ने क्षतिपूर्तिको लागि विनती पत्र बुझाएका हुन ।
आठौ अंतराष्ट्रीय दक्षिण ऐशियाली खेलकूदमा कस्य पदक जितेर राष्ट्रको नाम गौरव गरेका बैरागीलाइ २०६८ साल आषाढ़ २३ गतेका दिन राति करीव ८ बजेको समयमा गौर नगरपालिका वड़ा नम्बर ८ स्थित राम मन्दिरको अगाडी हथियारधारी समूहले गोली हानि हत्या गरिएको थियो !तत्कालीन नेकपा माओवादीको त्रासको कारण गाउबाट सुरक्षाको दृस्टि कोणले गौरमा घर बनाएर बस्दै आएका बैरागीको हत्यामा माओवादीको संलग्नता भएको आशंका भएपनि राज्य पक्षले गहन रुपमा छानविन नगर्दा बास्तविक दोषी कÞानूनी दायरामा आऊंन सकेका थिएन ।
हत्या गरिएका कुस्ती खिलाड़ी बैरागीलाइ शहीद घोषणा गरी पाउनु पर्ने क्षतिपूर्ति बापतको रकम उपलब्ध गराई दिनका लागि जिल्ला प्रशासन कार्यालय देखि युवा तथा खेलकूद मंत्रालय र अर्थ मंत्रालयले निर्णय गरेको ५ वर्ष भन्दा बढ़ी समय विति सकदा पनि पीडि़त पक्षले अहिले सम्म राहत पाउन सकेका छैन ।
श्रीमानले राष्ट्रको गौरव बढ़ाए पनि राज्यले शहीद घोषणा सम्म पनि गरेन मृतकका पत्नी राम कुमारी यादवले गुनासो पोखिन । पार्टीका कार्यकर्त्ता मरने वित्तिकै शहीद घोषणा गर्ने चलन रहेका नेपालमा देशको लागि उच्च योगदान दिएका व्यक्ति लाइ राजनितिक रुपमा सम्मान गर्न नसक्नु यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ उनले भनिन हाम्रो आर्थिक अवस्था कमजोर भएको छ छोराहरु उच्च शिक्षा दीक्षा आर्जन गर्नबाट बंचितमा परेछ ।
पर्सा जिलाका हिन्दू परिषदका काशी तिवारीको हत्या पछि उपेन्द्र दास बैरागी र बैरागीको हत्या पछि शिक्षक सुनील यादवको हत्या भएको थियो । रौतहटका युवाहरुको समूहले समेत कुस्ती खिलाड़ी बैरागी ,शिक्षक सुनील यादव लगायत रौतहट भएको हत्याको घटनाको उचित र निष्पक्ष छानविन गराउनका लागि आग्रह गरेका छन ।
विनती पत्र बुझ्दै मुख्य मन्त्री राउत र कानून मन्त्री यादवले घटनाको सत्य तथ्य छानविन हुने र शहीद घोषणा गराउन सकारात्मक पहल भूमिका प्रदेश सरकारले निर्बाह गर्ने समेत प्रतिवद्धता जनाएका छन । कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले हत्यारा कुनै पनि हालतमा जोगिन नसक्ने बताएका छन ।
राज्य मन्त्री यादवले हत्यारा जोगाउन राजनितिक सडयंत्र जति गरेपनि सफलता नहुने र दोषी कÞानूनी दायरामा आउने विश्वास व्यक्त गरे । राज्य मन्त्री यादवको पहलमा मुख्यमंत्री सहितका टोली रौतहट भ्रमणमा आएका थिए ।
Home प्रदेश समाचार मधेश प्रदेश खिलाड़ी बैरागीलाइ शहीद घोषणाको मागँ गर्दै मुख्य मन्त्री लाई विनती पत्र
![upendra_das_bairagi[1]](https://sangamkhabar.com.np/wp-content/uploads/2020/09/upendra_das_bairagi1-1068x1424.jpg)




