लहान, १८ । । भाषा संस्कृतिको उत्थान विकासको लागि ग्रामिणक्षेत्रमा यसरी गीत रिर्कोडिँग स्टुडियो संचालन गरेर कमजोर बन्दै गएको लोकगायनमा थप उर्जा प्रदान गर्ने मधेशी चलचित्रका नायक तथा नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ताले बताउँनुभयो । सिरहाको सखुवानन्कारकट्टी ४ खैरवोना चौकमा जय माँ सरस्वती रिर्कोडिँग स्टुडियोको भदौ १७ गते उद्घाटन गर्दै गुप्ताले सलहेश,अलाउदललगायतको लोकगायन कमजोर भइरहेको बेला यो संचालनमा आएको स्टुडियोले स्थानीय भाषागत गीतले पहिचान संरक्षण गर्ने बताउँनुभयो । कलाप्रेमी दिपेन्द्र यादव र शैलेन्द्र यादवको सँयुक्त लगानीमा संचालन भएको सो स्टुडियोले गीत, भिडियो मिक्सिँग र डान्स अभ्यासको कार्यक्रम गर्ने लक्ष्य लिएको छ । उद्घाटन कार्यक्रममा मिशन मधेशका प्रोडुयुसर मुकेश्वरलाल कर्ण, नृत्य प्रशिक्षक सन्तोष यादवलगायत सयौको उपस्थिति रहेको थियो । सिरहा जिल्लामा यस किसिमको सात गीत रिर्कोडिँग स्टुडियो संचालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here