नवलपुर ।। लामो समय देखि अवरुद्ध रहेको शिक्षा क्षेत्रको वैकल्पिक व्यवस्थाका वारेमा नवलपरासी पुर्वको हुप्सेकोट गाउँपालिकाले छलफल थालेको छ । कोरोना भाइरसका कारण अवरुद्ध रहेको पठन, पाठन लाई बैकल्पीक व्यवस्था मार्फत कसरी सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा सांसद, विभिन्न पालिका प्रमुख र शिक्षा विदहरु संग छलफल गरिएको हो । हुप्सेकोट गाउँपालिकाको आयोजनामा पुर्व स्वास्थ्य मन्त्रि एवम् सांसद गंगन थापा, शिक्षाविद डा. विद्यानाथ कोइराला, डा. नवराज लम्साल सहित विभिन्न जिल्लाका २० वटा पालिका प्रमुख सहितको भिडियो संवादमा पठन,पाठन कसरी अगाडि वढनाउने भन्ने वारेमा साझा छलफल गरिएको थियो । सो अवसरमा सांसद गंगन थापाले कारोना भाइरसको त्रास लामो समय सम्म रहने हुदा अव स्थानीय सरकारले वैकल्पिक माध्यम वाट अध्ययन कार्य अगाडि वढाउनु पर्ने सुझाव दिनु भएको थियो । विद्यार्थीलाइ पाठ घोकाउने नभइ व्यवाहारिक ज्ञान र प्रयोगाात्मक सिप सिकाउदै सुचना प्रविधिको प्रयोग मार्फत पठाइ सञ्चालन गर्न सकिने उहाँले वताउनु भएको थियो । त्यसैगरी शिक्षाविद विद्यानाथ कोइरालाले स्थानीय स्तरमा उपलव्ध साधन स्रोतलाई प्रयोग गरेर पठन, पाठन अगाडि वढाउन सकिने वताउनुभयो । अव स्थानीय सरकारले वाटो पिच गर्नु मात्र विकाश हो भन्ने मान्यता हटायर वालवालिकालाई रेडियो, टेलिभिजन, इन्टरनेट जस्ता वैकल्पिक माध्यम वाट शिक्षा दिनुको विकल्प नरहेको वताउनु भयो । सङ्घीयताको मुल मर्मलाई स्थापित गर्ने अवसर अहिले आएको वताउँदै शिक्षा विद कोइरालाले लामो समय सम्म पढाइ कार्य रोकिनु राम्रो नभएको हुदा तत्कालै वैकल्पीक माध्यम वाट पढाइ सुरु गर्न आग्रह गर्नु भयो । त्यसैगरी डा. नवराज लम्सालले शिक्षकहरुले आफ्नो दक्षताको प्रमाण पेश गर्ने वेला आएको वताउदै नयाँ प्रविधि र उपयुक्त विधि मार्फत विद्यार्थीलाइ शिक्षा प्रदान गर्नु पर्ने वताउनु भयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here