रौतहट ।। रौतहट जिल्लाको नया प्रमुख जिल्ला अधिकारीको रुपमा इन्द्रदेव यादव आउनु भएका छन । तत्कालीन प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनु भएका बासुदेव घिमिरेको एक्कासि सरुवा भएपछि नया बढुवामा सह सचिव भएका उमेश बस्नेतको नाम सार्वजनिक भएको थियो तर एकै दिन मै सरुवा रद गरी यादवलाइ रौतहटका सीडीओको जिम्मेवारी नेपाल सरकारले दिएर पठाए पछि यादव बुधवार रौतहटमा हाजिर भएका हुन ।
नेपाल र भारत विचको खुल्ला सिमाना सित जोडिएक रौतहटमा नया जिम्मेवारी बहन गरेका प्रमुख जिल्ला अधिकारी यादवलाइ ठूलो चुनौती का सामना गर्नु पर्ने अवस्था रहेको छ ।
१८ स्थानीय तह भएको रौतहटमा ३१ किलो मीटर पूर्व पच्छिम भारत सित जोडिएको खुल्ला सिमाना रहेको छ । तस्करी नियंत्रण ठूलो चुनौतिका विषय रहेका छन । राजनितिक असंतुलन रहेका रौतहटमा शांति सुरक्षाको प्रत्याभूति जटिल र गंभीर विषय रहेको छ । संघीय सांसदको समीकरणमा सत्ताधारी दल नेकपा र नेपाली कांग्रेस , प्रादेशिक समीकरण नेकपा ,मधेशवादी दल र स्थानीय समीकरणमा सवै भन्दा बढ़ी नेपाली कांग्रेसको प्रतिनिधित्व रहेको छ ।
खुल्ला सिमा भएकोले तस्करी ,आर्थिक अनियमितताका विषयलाइ न्यूनीकरण गर्न ठूलो समस्या रहेको छ । बागमती र लालबकैया नदीको विच भगमा रहेका रौतहटका सदरमुकाम गौर बाढि़को डुवान हुने ठाउको रुपमा रहेको छ । सिचाईको सुविधा नभएको कारण खेती गर्न समस्याको सामना गर्दै आएका रौतहटका किसानहरुलाई मलखादको अभावको सामना गर्नु पर्ने बाध्यतालाई सहज बनाउनु प्रमुख जिल्ला अधिकारी यादवलाई प्रमुख चुनौती रहेको छ ।
मुलुक कोरोना भाइरसको प्रकोपले ग्रसित भएको बेला रौतहटमा आउनु भएका यादवलाइ देखा परेको मुलभुत समस्याको समाधान गर्न ठूलो संघर्ष गर्नु पर्ने अवस्था रहेको छ । सरकार र दलका प्रतिनिधिको सहमति सहकार्यमा हिड्नु पर्ने बाध्यताले रौतहटमा पूर्ण अवधि कार्य गर्न कठिन रहेको छ । काम समयमा सरुवा भएको बासुदेव घिमिरेको कार्य शैली कÞानूनी रुपमा बलियो भएपनि कार्यान्वयन पक्ष दरिलो देखिएका थिएन ।
रौतहटको ईशनाथ नगरपालिका अंतर्गतको बंजरहा नजिक सिमा बिबादको समस्या यथावत नै रहेका छ । सहज आपूर्ति नहुँदा व्यापरिहरु पनि समस्यामा रहेका छन । गरीव असहाय ,दलित ,विपणन वर्ग समुदायको न्याय संपादनमा प्रमुख जिल्ला अधिकारी यादवलाइ सकारात्मक भूमिका निर्वाह गर्दै बांध नियंत्रणको लागि आवशयक पहल गरी रौतहट बासीलाइ शांतिसुरक्षाको अनुभूति गराउनु पर्ने चुनौती सामने रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here