काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा चारचारजना रहेका छन् । यसअघि हिजो उपत्यकामा ९२ जना सङ्क्रमित थपिएका थिए । आजको नियमित जानकारीका क्रममा स्वास्थ्य तथा मन्त्रालयले काठमाडौंमा ४४ सहित देशभर तीन सय ३८ जना कोरोना सङ्क्रमित थपिएको जनाएको हो । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २३ हजार तीन सय १० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार चार सय ९३ जना पुगेको छ । योसँगै अब सक्रिय सङ्क्रमितको संख्या ६ हजार सात सय ३८ रहेको छ भने आज आठ हजार चार सय ३२ जनाको परीक्षण भएको छ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।