काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पष्टि भएको छ । भने थप १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डो जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म १४ हजार ६ सय ३ उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
हाल १० हजार ९ सय ३४ जना हाल क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ५ हजार ६ सय ७२ जना रहेका छन्।
कोरोना संक्रमित एक महिलाको मृत्यु
मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ बस्ने ६८ वर्षीया महिलाको शनिबार निधन भएको हो ।
ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या भएपछि १४ साउनमा वीरगन्जस्थित नारायणी बयोधा अस्पतालको आइसियूमा भर्ना गरिएकोमा अवस्था जटिल भएपछि शनिबार नारायणी कोभिड अस्पताल रेफर गरिएको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये काठमाडौँका २२, ललितपुरका ८ र भक्तपुरका १ रहेका छन्।
पछिल्लो २४ घण्टामा २ सय ४६ जनामा कोरोना संक्रमण पष्टि,संक्रमितको संख्या २० हजार ३ सय ३२
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।