राजेन्द्र महतो, लहान ।। सिरहाको विभिन्न ठाउँ तथा चौक(चौकमा प्रहरी ले सर्वसाधारणलाई विश्व व्यापी रुपमा फेलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण बारे जानकारी गराउदै माक्स वितरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत समेतको प्रहरी युनिटहरु को सह(कार्यमा कोरोना भाईरसबाट बच्ने उपायहरुबारे सर्वसाधारणलाई जानकारी गराउदै ७५० जनालाई माक्स वितरण गरिएको हो।

जिल्ला का प्रहरी युनिटहरुले विभिन्न स्थानहरुमा गइ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारणलाई आफू पनि बचौ , अरुलाइ पनि बचाऔ
भिडभाड नगरौ, काम विशेषले बाहिर जानुपरेमा अनिवार्य रुपमा माक्र्स प्रयोग गरौ, हाथ साबुन पानीले बेला बेलामा राम्ररी धुने गरौ वा सेन्टाइजर प्रयोग गरौ, समाजिक दुरी कायम गरौ भन्ने जस्ता सचेतना मुलक माइकिङ गर्दै ७५० जना सर्वसाधारणलाई माक्स वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डि एस पी तथा सूचना अधिकारी बिनोद घिमिरेले बताएका छ्न।
पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन पनि हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत रहेको प्रहरी कार्यालयहरु द्धारा चौक(चौकमा सर्वसाधारणलाई सचेत गराईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न।






