काठमाडाैं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि शनिबार दिउँसो सचिवालय बैठक बोलाएको छ। जारी स्थायी कमिटीको बैठक स्थगित गरेर दुईजना अध्यक्षबीच लगातार छलफल हुँदै आएको भए पनि विवाद समाधान हुन सकेको छैन ।

पछिल्लो समय आजका लागि बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको नेकपाले भोलि सचिवालयको बैठक बोलाएको हो। नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भोलि दिउँसो ३ बजे सचिवालयको बैठक बस्न लागेको जानकारी दिए।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको छलफलमा सचिवालयको बैठक बोलाउने सहमति भएको हो। असार ६ गते यता नेकपाको सचिवालयको बैठक बसेको छैन। 

असार १० गते शुरू भएको स्थायी कमिटीको बैठक १६ गतेदेखि अवरुद्द हुदै आएको छ। नेकपाका दाहाल–नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको हो।

ओलीले भने अहिले कुनै पनि पद आफूले नछाड्ने अडान कायमै राखेका छन्। दाहाल–नेपाल समूह पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि नहट्दा नेकपा भित्रको विवाद टुंगोमा पुग्न सकेको छैन। 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here