काठमाडाैं ।। पहिरोमा परेर कास्कीमा ६ जनाको मृत्युभएको छ । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीमा पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार हेम्जामा पनि एकजनाको मृत्यु भएको छ । साराङकोटका टंकबहादुर थापाको घर पहिरोमा पुरिएको छ । त्यहाँ ८ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते हुनुभएको छ । कास्कीका अरु क्षेत्रमा पनि बाढी, पहिरो र डुबानले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here