काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ५३५ कोरोना भाइरस संक्रमित थपिएका छन्। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।
देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ७४ महिला र ४६१ जना पुरुष गरेर ५३५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा मोरङका १२, सप्तरीका १५, झापाका ३, धनुषका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङ्जाको ३३, पाल्पाका ९०, प्युठानका ३०, रौतहटका ३४, रुपन्देहीका १३, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुङ्गाका १, तनहुँका ११ र दाङका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ५३५ कोरोना संक्रमित थपिए, जम्मा संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












