वीरगञ्ज ।। वीरगञ्ज नेशनल मेडिकल कलेजका सनचालक बसरुद्दनि अंसारीको घरको अगाडी राखिएको शंकास्पद वस्तु फेला परेको छ । वीरगञ्ज महानगरपालिका नर्सिङ होम नजिकै रहेको सञ्चालक अंसारीको घर अगाडी अज्ञात समूहहरुले राखेको शंकास्पद वस्तु सोमबार बिहान ८ बजेको समयमा नेपाली सेनाको श्री चण्डी प्रसाद गणबाट गएको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । अन्सारीको घरमा भेटिएको शंकास्पद बस्तु बम नै भएको चण्डी प्रसाद गणका सेनानी नर बहादुर बिष्टले जानकारी दिए । प्रेसर कुकर भित्र २ वटा डेटोनेटर र ब्याट्रीको चार्ज बनाएर बिस्फोटक पदार्थसहित फिट गरिएको सेनानी बिष्टले बताए । सनचालक अंसारीको घर अगाडी उनका परिवारजनहरुले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका छन । पर्सा प्रहरीले खबर पाउनका साथ घटनास्लमा पुगी अनुसन्धान थालिएको छ । घटनाको बिवरण आउने बांकी रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here