रातहट ।। रौतहटको सदरमुकाम गौर स्थित एक रेष्टुरेन्टमा आगलगी भएको छ । आज आइतबार बिहान गौर न.पा. १ स्थित राधाकृष्ण मन्दिर अगाडी रहेको सुर्य ब्याम्बू रेस्टुरेन्ट एण्ड बारमा रेष्टुरेन्टमा आगलागी भएको हो।
आगलागीबाट करिब ८ लाख बराबरको क्षति भएको रेष्टुरेन्टको म्यानेजर अशोक श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार अविरल बर्षाका कारण रेष्टुरेन्ट पनि डुवानमा परेपछि त्यहाका कर्मचारी सहित सञ्चालकहरु राती १ बजेसम्म मोटरले पानी बाहिर निकालेको थियो। एक्कासी किचेनमा आगो सल्किएपछि त्यसलाई नियन्त्रण गर्न नसक्दा किचेनमा रहेका सम्पुर्ण भाडाकुडा , फ्रिज, पंखा , भौतिक सामग्री लगायत होटलमा आवश्यक सम्पुर्ण मेसिनहरु जलेर नष्ट भएको म्यानेजर श्रेष्ठले बताए ।


आगो कसरी लाग्यो आफु अनविज्ञ रहेको उहाको भनाई रहेको छ । स्थानियले आगो नियन्त्रणमा लिन नसकेपछि वारुणयन्त्र सहित प्रहरी , स्थानियहरुको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । सो घटनाको थप अनुसन्धानको कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here