रौतहट ।। विश्व कोरोना भाईरस कोभिड १९ बाट प्रभावित बनेको अवस्थामा रौतहट पाँच स्थानिय तहका अति विपन्न गरिव परिवारलाई ५० लाख बरावरको राहत वितरण गरिएको छ ।
ईस्लामीक रिलिफ नेपालको सहयोगमा ग्रामिण विकास केन्द्र (आरडीस), नेपालको आयोजनामा रौतहटको पाँच स्थानिय तहका करिव १८ सय १० अति विपन्न गरिव परिवारलाई खद्यान सहितको राहत वितरण गरिएको हो ।
संस्थाले रौतहटको राजपुर नरपालिकामा ३ सय ५५, गौर नपा.मा ४ सय, परोहा नपामा ४ सय, ईशनाथ नपामा ३ सय ५०, र यमुनामाई गाउँपालिकामा ३ सय ५ गरि जम्मा १८ सय १० अति विपन्न प्रति परिवारलाई चामल ३० किलो, दाल ३ किलो, खाने तेल २ लिटर, नुन २ किलो, चिनि २ किलो सहितको राहत प्याकेज वितरण गरिको ग्रामिण विकास केन्द्र, नेपालका अध्यक्ष पारस हुसैनले जानकारी दिएका छन् ।

ईस्लामीक रिलिफ नेपालले रमदानको उपलक्ष्यमा प्रत्येक वर्ष राहत वितरण गर्दै आएको तथा सो अनुरुप यस वर्षमा कोभिड १९का कारण सरकारले गरेको लकडाउन अर्थात बन्दाबन्दीको कारण प्रभावित अति विपन्न, दैनिक काम गरेर गुजार गरिने मजदुर गरिवलाई लक्षित गरि यो राहत प्याकेज वितरण गरिएको अध्यक्ष हुसैनले संगम खवर संग बताए ।
समाजिक दुरीको राम्रो व्यवस्थापन गरि पाँच ओटै स्थानी तहको सहकार्य तथा निर्देशन अनुसार राहत वितरण भएको यमुनामाई गाउँपालिकाका प्रधामन्त्री रोजगार कार्यक्रमको संयोजक रामअधार यादवले बताए ।
यस अघि आयोजक संस्थाले १६ नपा, २ गापा लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत अन्य निकायहरुलाई अति आवश्यक स्वास्थ्य समाग्री वितरण गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here