दिनेश देहाती ।। चपुर ।। विश्व कोरोना भाईरसबाट पिडित भएको र अर्थतन्त्र थरापमा परेको अवस्थामा दैनिक काम गरेर खानेहरुलाई रौतहटको चन्द्रपुर नगरपालिकाले राहत वितरणमा विभेद गरेको पाईएको छ ।
 सरकारले लकडाउन गरे संग चन्द्रनिगाहपुरमा दैनिक काम गरेको खानेहरुलाई आज सनिवार वितरण गरिएको राहतमा विभेद गरेको चन्द्रपुर वार्ड नं. ५ का स्थानिय वासीहरुले आरोप गराएको छ । विगत ५० वर्ष देखि बसोवास गरि रहे पनि हामीलाई राहतबाट बन्चीत गराईएको उनिहरुको गुनासो रहेको हो । 
 चन्द्रपुर वार्ड नं. ५ का स्थानीय बन्तीलाल साह कल्वार, फेकु ठाकुर, बदन लाल ठाकुर, रामजिवन केशरी, सोनालाल चौरसीय, रामानन्द ठाकुर लगायतकाले आफुहरु २० वर्ष भन्दा पहिला देखि चपुरमा दैनिक काम गरि खाने गरेर बस्दै आए पनि राहतबाट बन्चीत गराउदा दुखित भएका छौ उनिहरुको भनाई रहेको छ ।
 उनिहरुका अनुसार, राहत वितरणमा हामी संग सराईवासायीको कागजात मागँने बहानामा राहत नदिएको गुनासो गरे । 
चन्द्रपुर नपाद्वारा राहतमा विभेद
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		