रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा र प्रदेश सरकारका भौतिकपूर्वाधार तथा यातायात राज्यमन्त्री डाक्टर डिम्पल झाले सरकारको निर्देशिकाको धज्जिया उडाएको छ ।
विश्व भरी महामारीको रुपमा फैलिएको कोभीड़ १९ को संक्रमण रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन तथा क्वारेंटाइनमा बस्ने व्यक्ति संग कुनै पनि हालतमा भेट्न प्रवेश गर्न नपाउने निति निर्दे्शिका विपरीत काम गरेकोले दुवै जनालाइ क्वारेंटाइन बस्नु पर्ने मांग सामाजिक संजालमा जोड़दार रुपमा उठन थालेका छन । क्वारेंटाइन स्थापना भएको ठाउमा सांसद झा र राज्य मन्त्री झाले विना व्यक्तिगत सुरक्षाको प्रवेश गरी भेटघाट गरेको फोटो सामाजिक संजालमा सार्वजानिक भए पछि दुवै जनालाइ क्वारेंटाइन बस्नु पर्ने सुझाव सहितको मांग प्रयोग कर्ताहरुबाट उठन थालेको हो ।
पर्सा जिल्लाका समाजवादी पार्टीका सांसद प्रदीप यादवले भारतको रक्सौलमा क्वारेंटाइनमा रहेका नेपाली नागरिक सित भेटघाट गर्न गएकोले नेपाल सरकारको गृह मन्त्रालयबाट भएको आदेशमा १४ दिन सम्म क्वारेंटाइन बस्नु परेकोले दुवै सांसद लाइ पनि क्वारेंटाइनमा बस्नु पर्ने मांग उठेको छ ।
सांसद र राज्य मन्त्री झाले निर्वाचन क्षेत्र भित्र स्थापना गरिएको क्वारेंटाइन यमुनामाई गाउ पालिकाको सरुअठामा भित्र प्रवेश गरी भेटघाट तथा निरिक्षण गरेको फोटो भाइरल भएको छ ।
संक्रमणबाट सुरक्षितको लागि बनाइएको क्वारेंटाइनमा विभिन्न ठाउमा घूमफिर गर्ने सांसद ले विना सेनिटाइजको भित्र प्रवेश गरे पछि संक्रमण फैलने जोखिम तथा त्यहाबाट फरके पछि अरु व्यक्ति शिकार हुने जोखिम भएकोले दुवै जनालाइ क्वारेंटाइनमा १४ दिन सम्म बस्नु पर्ने स्थानियहरुको भनाइ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सित प्रतिक्रिया लीन खोज्दा फोन रिसीव हुन नसकेकोले प्रतिक्रिया समावेश गर्न सकिएको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here