काठमाडाैं ।। विश्व स्वास्थ्य सङ्गठन (डब्लुयूएचओ) ले कोभिड–१९ अर्थात कोरोना भाइरसकोे कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ । सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन । कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो । सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट तीन हजार एक सय १९ जनाले ज्यान गुमाएका छन् भने ९० हजार तीन सय ३१ जनामा सङ्क्रमण भएको छ । त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन । अहिलेसम्म ज्यान गुमाएका धेरै जना ८० वर्ष उमेर कटेका छन भने ९ वर्ष उमेरमुनिका कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
कोरोना भाइरसकोे कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था विश्वस्वास्थ्य संगठनको भनाई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।