बाँके ।। बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षासम्बन्धि पदाधिकारीका लागि क्षमता विकास कार्यशाला आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशालाको गाउँपालिका अध्यक्ष रामनिवास यादवले हिजो उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । जनप्रतिनिधिले चाहेर मात्रै शिक्षामा सुधार नआउने भएकोले गाउँपालिकामा शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी सबैले चासो दिन समेत उहाँले आग्रह गर्नुभयो । गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षक अभिभावक संघका पदाधिकारी सहभागि कार्यक्रममा अध्यक्ष यादवले भन्नुभयो, ‘गाउँपालिकामा शिक्षाको अवस्था सुधार्ने जिम्मा तपाईको हो, के गर्दा राम्रो हुन्छ तपाईले सुझाव दिनुहोस् ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले शिक्षाका समस्या शिक्षकहरुलाई नै थाह हुने भएकाले गुणस्तरीय शिक्षाको लागि कमी कमजोरी पहिचान गरी सुधार गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धिका लागि गाउँपालिका अग्रसर भएको पनि बताउनुभयो । जानकी गाउँपालिकामा ३ मावि, ६ आधारभूत गरी ४५ सामुदायिक विद्यालय रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here