पेखरा ।। पोखराको मणिपापल हस्पिटलमा एकै पटक चम्ल्हया शिशुको जन्म भएको छ । बिहिवार स्याङ्जाको पुतली बजार नगरपलिका–१ की २६ वर्षीय सुनतिा पौडैल प्रधानले एकैपटक ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारै जना शिशु र आमाका् स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । ‘८ हजारमा एक जनालाई हुन्छ तिम्ल्याहा,’ बच्चा हुन्छ भने यो त चम्ल्याहा बच्चा हो ८ लाखमा एक जनालाई हुन्छ । यो विरलै घटना हो । डाक्टर महेन्द्रराज पाण्डको नेतृत्वमा ४ जनाको टोलीले सुनिताको शल्यक्रिया गरेको थियो । सुनिताले जन्म दिएकी चम्ल्याहा बच्चामध्ये पहिलो छोरी १।६ किलोग्रामकी छिन् भने दोस्रो सन्तानको रुपमा छोराको जन्म दिएकी छिन् । उनको तौल १।३ किलोग्रामको छन् । तेस्रो, चौथो छोरी क्रमश १।३ र १।४ किलोग्राम छ । सुनिताले जन्माएका ४ सन्तानमध्येमा १ छोरा, ३ छोरी छन् । सुनिताको गर्भ चेकजाँज गर्दा ३ वटा बच्चा देखिएको थियो । सुनिताका श्रीमान् गौरव प्रधानले मेडिकल चेकजाँचमा ३ वटा बच्चा हुने देखिए पनि ४ बच्चा जन्मिदा चकित परेको सुनाए । यसअघि पौडेलका एक छोरा छन् ।
२६ वर्षीकी महिलाले एकै पटक जन्माइन् ३ छोरी र १ छोरा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।