वीरगञ्ज ।। प्रदेश नम्बर दुईको सरकारले प्रदेश भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना ५०० रुपैंया प्रोत्साहन भत्ता दिने भएको छ । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बीमा सप्ताह शिविर’ उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका छात्रालाई ५०० रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको जानकारी गराउनुभएको हो । कार्यक्रम पछि मुख्यमन्त्री राउतले भन्नुभयो, ‘यो भत्ता प्रदेशका सबै छात्राहरुलाई दिने होइन, गरिब, दलित र विपन्न मुस्लिम समुदायका छोरीहरुलाई मात्रै यो रकम उपलब्ध गराउँछौं ।’ प्रोत्साहन भत्ताले छोरीलाई नियमित विद्यालय पठाउने सँस्कारको विकास हुने पनि आफूले विश्वास लिएको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत एक लाखको बीमा रकमलाई २० लाख रुपैंयासम्म पु¥याउने सोचका साथ प्रदेश सरकार अघि बढिरहेको मुख्यमन्त्री राउतको भनाइ छ ।
छात्राहरुलाई प्रति महिना प्रोतसाहन भता दिने प्रदेश २ सरकार
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।