जनकपुर ।। उखु किसानको समस्या दीर्घकालिन रुपमा समाधान गर्न प्रदेश नम्बर २ ले अध्ययन सुरु गरेको छ । कृषि राज्यमन्त्री योगेन्द्र राययादवको संयोजकत्वमा गठित अध्ययन टोलीले दुईवटा चिनी मिलको स्थलगत अवलोकन गरी मिल मालिक, कार्यरत मजदुर तथा त्यस क्षेत्रका किसानसँग छलफल गरेको प्रदेश नम्बर २ को भूमीव्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले सीआईएनसँग बताउनुभयो । टोलीले सर्लाहीको इन्दु शंकर चिनीउद्योग र रौतहटको श्रीराम सुगर मिल्समापुगेर अध्ययन गरेको सचिव शर्माले बताउनुभयो । उखुको उत्पादन र उत्पादकत्व बढाउनका लागि प्रदेश सरकारलाई प्रष्ट योजना बुझाउन जितपुरमा रहेको उखु अनुसन्धान केन्द्रलाई निर्देशन दिइसकेको पनि सचिव शर्माले बताउनुभयो । देशमा रहेका १२ वटा चिनी मिलमध्ये ८ वटा प्रदेश नम्बर २ मा छन् । हरेक उद्योगमा ४ देखि ८ सय जनाले रोजगारी पाइरहेका छन् । उखुको उत्पादन घटेमा मिल सञ्चालनका लागि कठिनाइ हुनुका साथै प्रदेशको आम्दानी पनि घट्ने भएकाले उखु किसानको समस्यामा प्रदेश सरकार गम्भीर रहेको मन्त्रालयको भनाइ छ । किसान र उद्योगको समस्या कस्ता छन् भनेर अध्ययनका लागि प्रदेश २ सरकारले पुसको पहिलो साता अध्ययन टोली गठन गरेको थियो ।
उखु किसानको समस्या समाधानमा प्रदेश दुई सरकारको अध्ययन सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।