राैतहट ।। जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच आज बाराको कलैयामा शिष्टाचार भेटघाट भएको छ ।
भेटका क्रममा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी राजनीतिक समन्वयका विषयमा विस्तृत कुराकानी भएको बुझिएको छ ।
साथै, मुख्यमन्त्री सोनलले प्रदेशसभामा लिन लागेको विश्वासको मत सम्बन्धमा समेत छलफल भएको स्रोतले जनाएको छ । उक्त भेटलाई मधेश प्रदेशको वर्तमान राजनीतिक समीकरण र सरकार स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
स्थानीय राजनीतिक विश्लेषकहरूले यो भेटलाई प्रदेशको राजनीतिक गतिशीलता र आगामी सत्ता समीकरणका सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा लिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here