काठमाडौ । आम जनता पार्टी परित्याग गरी उपाध्यक्ष उपेन्द्र साहसहितका दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।पाट्री केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रमबीच अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवेशीलाई स्वागत गरेका छन ।
साह एमालेका पूर्व केन्द्रीय सदस्य तथा राैतहट जिल्ला ईन्चार्य समेत हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साह केन्द्रिय सदस्य तथा उपमेयर प्रत्यासी रिमा कुमारी यादब,सचिवालय सद्स्य श्याम यादब, केन्द्रिय सद्स्य लालबहादुर साह,केन्द्रिय सदस्य राजेश साह , केन्द्रिय सदस्य श्यमनन्दन प्रसाद साह कानु ,मुना साह कानु, रन्जन साह कानु सहित रौतहटबाट विभिन्न पाट्री परित्याग गरि दर्जनाै कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरूको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएको भन्दै धन्यवाद दिए । सो अवसरमा एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहा ,मधेस प्रदेस कमिटीका सह सचिव आरति भण्डारी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
आजपा त्यागेका उपेन्द्र साहसहितका दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।