सप्तरी ।। सप्तरीको राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो ।
राजगढ- २ का करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ज्यान गएको हो ।
सीमा नजिकबाट ठूलो परिमाणमा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाबमोजिम ‘सर्च अपरेसन’ चलाउँदा स्थानीयवासीले अवराेध गरेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन केही राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
यस क्रममा तिघ्रामा गोली लागेका यादवको मृत्यु भएको उनले जानकारी दिए। झडपका क्रममा एक प्रहरी पनि घाइते भएका छन्।
यससँगै भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरासमेत नियन्त्रणमा लिएको डीएसपी बस्नेतले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here