रौतहट ।। SAFE Girls परियोजनाको सिलसिलामा रौतहट र सर्लाही जिल्लाका गौर, राजपुर, परोहा, यमुनामाई, देवाहिगोनाहि, बसबारिय, हरिपूर्वा र कौडेना पालिकामा कार्यरत ८० जना मेन्टरहरूलाई ट्याब्लेट वितरण गरिएको छ।

KOICAUNFPA को आर्थिक तथा प्राविधिक सहयोगमा, Good Neighbors International Nepal र ग्रामिण विकास केन्द्र (RDC) नेपालद्वारा सञ्चालित कार्यक्रमले किशोरीहरूलाई यौनिक तथा प्रजनन स्वास्थ्य अधिकार, आत्मरक्षा, नेतृत्व विकास, डिजिटल साक्षरता, र सुरक्षित वातावरणमा जीवन यापन गर्न सशक्त बनाउनु हो। असार ८ गतेदेखि सुरु भएको २.५ दिने अनलाइन सुरक्षा तथा कोबो टुलबक्स सम्बन्धी तालिम तीन चरणमा सञ्चालन गरियो, जसमा ८० जना मेन्टरहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन सत्रमा UNFPA बाट प्रमुख अतिथि परमानन्द मण्डल र रोशन अधिकारी GNI नेपालबाट सञ्जीव कुमारको उपस्थिति रहेको थियो। वहाँहरूले SAFE Girls परियोजनाको उद्देश्य, किशोरीहरूलाई यौनिक तथा प्रजनन स्वास्थ्य अधिकार, यसको दीर्घकालीन प्रभाव, र डिजिटल पहुँचमार्फत किशोरीहरूलाई सशक्त बनाउने पहलको महत्त्व स्पष्ट रूपमा राखे । साथै, मेन्टरहरूलाई ट्याब्लेट वितरण गर्नुको उद्देश्य पनि सामाजिक रूपान्तरण र सूचना पहुँचमा समावेशीता ल्याउनु भएको उहाँहरूले बताए ।

कार्यक्रममा RDC Nepal का संस्थापक अध्यक्ष परस हुसैनले परियोजनामार्फत किशोरीहरूलाई आत्मरक्षा, डिजिटल साक्षरता र नेतृत्व विकासमा सक्षम बनाउने लक्ष्य रहेको बताउनुभयो। साथै, उहाँले डिजिटल उपकरण तथा तालिममार्फत मेन्टरहरूको क्षमतामा भएको वृद्धिले समुदायमै परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

अनलाइन सुरक्षा तथा डिजिटल सुरक्षासम्बन्धी प्रशिक्षण प्रशिक्षक चन्द्रकला बुढाथोकी र प्रतिमा लामा द्वारा प्रदान गरियो भने, KoBo Toolbox सम्बन्धी प्रशिक्षण RDC Nepal बाट सौगात थापाले सहजीकरण गर्नुभयो।

यसै सिलसिलामा, किशोरीहरूलाई अझ सशक्त बनाउन तथा समुदायमा डिजिटल माध्यमबाट सूचना प्रवाह, डेटा संकलन अनलाइन सहजीकरणमा मेन्टरहरूलाई थप सक्षम बनाउने उद्देश्यले ट्याब्लेट वितरण गरिएको हो।

 ट्याब्लेट वितरण कार्यक्रम GNI नेपालबाट सञ्जीव शर्मा, RDC नेपालबाट संस्थाका अध्यक्ष परस हुसैन, उपाध्यक्ष ममता झा, र कार्यकारी निर्देशक आशिष सिंह राजपूतज्यूको उपस्थितिमा सम्पन्न गरिएको थियो। यो वितरणले मेन्टरहरूलाई डिजिटल पहुँच र कार्यक्षमतामा वृद्धि गर्दै, किशोरीहरूमा सुरक्षा, जानकारी र सशक्तिकरणको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यो परियोजना रौतहट र सर्लाही जिल्लामा सन्चालन रहेकोे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here