रौतहट ।। रौतहटको माधवनारायण नगरपालिका स्वास्थ्यको क्षेत्रमा जिल्लामै अवल रहेको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताउनु भएको छ । बुधवार एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका नगर प्रमुख यादवले पूर्णखोप सुनिश्चिततामा सहयोगी सवै स्वास्थ्यकर्मि, स्वयमसेवीकाहरुलाई धन्यावाद दिदै, यो घोषणासँगै माधवनारायण नगरपालिकाले आफ्ना नागरिकहरूलाई, विशेषगरी बालबालिकाहरूलाई, खोप सेवाको पूर्ण पहुँच सुनिश्चित रहेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहट गौरका प्रमुख राजेश सिंहले “यो घोषणा माधवनारायणवासीका लागि एउटा ठूलो उपलब्धि हो । यसले पालिकाका बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि सवै प्रतिबद्ध छौँ भन्ने सन्देश दिएको छ ।“ उनले खोप अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै स्वास्थ्यकर्मी, स्वयंसेवक, अभिभावक र सरोकारवाला निकायहरूलाई बाधई दिए ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा कुनै एक जनाको नभई सवैको साझा साझेदारीमा सम्पन्न भएकोले सवै प्रति अवभार प्रकट गर्दै माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले, अगामी दिनहरुमा पनि हामी स्वास्थ्य क्षेत्रलाई विशेष सहयोग गर्ने प्रतिवद्धता जनाए ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापती एवम् जिल्ला खोप समन्वय समितिको अध्यक्ष रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा ९ ओटै वार्डका स्वास्थ्य कार्यालय प्रमुख, स्टार्फ नर्स स्वास्थ्यकर्मी, स्वयमसेवीका, कार्यालय सहयोगी तथा वडा अध्यक्षहरुलाई सम्मान गरिएका थिए ।
कार्यक्रमको अतिथिको रुपमा रहेको अनिल कुर्णले खोपको महत्व र यसको उपलब्धीको वारेमा जानकारी दिएका थिए । कार्यक्रममा माधवनारायण नगरपालिका स्वास्थ्य संम्योजक श्यामजी रायले धन्यावाद दिएका थिए ।
त्यस्तै कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य सह समंयोजक राजेश यादवले स्वास्थ्ग गरेको थिए भन्न माधोपुर स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र पटेलले कार्यक्रम संचालन गरेका थिए ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणाले कुनै पनि क्षेत्रका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोपहरू प्राप्त गरिसकेको अवस्थालाई जनाउँछ । यसले भविष्यमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिने र छुटेका वा नयाँ जन्मेका बालबालिकालाई पनि खोपको दायरामा ल्याउने प्रतिबद्धतालाई जोड दिन्छ ।
माधवनारायण नगरपालिकाको यो सफलताले अन्य स्थानीय तहलाई पनि खोप कार्यक्रमलाई प्राथमिकता दिन र आफ्ना क्षेत्रमा पूर्णखोप सुनिश्चितता हासिल गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश स्वास्थ्यको ईन्डीकेटरमा माधवनारायण अवल, पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा
स्वास्थ्यको ईन्डीकेटरमा माधवनारायण अवल, पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।