रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले परोहा नगरपालिकामा शिक्षा र कृषिको क्षेत्रमा सबै भन्दा बढी कार्य गरेको बताउनु भएको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन।
निर्माणधीन रहेका नगरपालिकाको प्रशासकिय भवनको सभा हलमा मंगलबार आयोजना गरिएको ९औ नगर सभामा सम्बोधन गर्दै नगर प्रमुख वकिलले माध्यमिक बिद्यालय बिहिन रहेका परोहा नगरपालिकाको साबिक ६ गाबिसमा बिद्यालय भवनको पुर्बाधार तयार गरिएको बताए। प्रत्येक वडामा वडा कार्यालयको नया भवन, सिंह दरवार जस्तै एकै ठाउमा सबै कार्यालय व्यवस्थित गर्ने उदेश्यले २ बिगहा जग्गा खरिद गरिएको उल्लेख गर्दै नगर अस्पताल, कृषि पशु केन्द्र, प्रशासकीय भवन एकै ठाउमा व्यवस्थित गर्ने उदेश्यले भवन निर्माणको कार्य जारी रहेको बताए।
परोहा नगरपालिकाले वृक्षारोपनको कार्यमा पनि सबै भन्दा उल्लेखनीय प्रगति गरेको बताए। किसानको लागि सबै भन्दा बढी कृषि सिचाईको लागि कृषि मिटर, बोरिङ्ग व्यवस्था गरिएको दावी गरे।
अपाङ्गता भएका व्यक्तिको लागि शिक्षाको व्यवस्थित गर्दै लागिने भन्दै महिला, बालबालिका तथा जेष्ठ नागरिकको सिप मुलक सम्मान कार्यक्रम संचालन गरिने नीति अबलम्बन गर्ने बताए।
नीति तथा कार्यक्रममा लोप हुन लागेको संस्कृति, परम्परालाइ संरक्षण प्रबर्धन गरिने लैजाने जोड दिएको छ।नगरपालिकाले नगर भित्रका किसानहरुको कृषि मिटरको बिधुत महसुल बुझाउदै आएकोमा त्यस कार्यलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने छन्। बिधुति करणको कार्यलाई अगाडी बढाउने छ। नगर सभामा ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाको बजेट प्रस्तुत गरिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here