रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला खोप समन्वय समिति रौतहटका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक राम अयोध्या यादवको प्रमुख आतिथ्य तथा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवको सभापतित्वमा आयोजित एक भव्य समारोह बीच सम्पन्न भएको हो ।
राजदेवी नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोपका मात्रा पूर्ण रूपमा प्राप्त गरेको सुनिश्चित रहेकोले यो भएपछि यो घोषणा सभा सम्पन्न गरिएको नगर प्रमुख भिखारी प्रसाद यादवले बताउनु भएको छ ।। नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्येक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानूनी व्यवस्था गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिन्छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य मानवका लागि नभई नहुने आधारभूत आवश्यकता रहेकोमा जोड दिए। उनले शिक्षाविना जीवन अधुरो हुने र स्वास्थ्य राम्रो नभए जीवन संकटमा पर्ने भन्दै दुवै क्षेत्रको सुधारमा जोड दिए । उनले जन्मने प्रत्येक बच्चालाई समयमै खोप लगाउन नबिर्सन आम नागरिकलाई अपिल गर्दै खोपको दिगोपनाका लागि स्वास्थ्यकर्मीलाई निरन्तरता दिन निर्देशन दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अनिल कर्णले १३ वटा रोगविरुद्धका लागि १३ खोप अनिवार्य रहेको जानकारी दिए ।
राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने अभियानमा दिनरात खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेसेविकाहरूलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूलाई आफ्नो जिम्मेवारी निरन्तरता दिन आग्रह गरे।
नगर प्रमुख भिखारी यादवले पूर्णखोप अभियानमा सक्रिय भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरूलाई हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई पनि सफल बनाउन आग्रह गरे।
कार्यक्रममा नगर उपप्रमुख राज कुमारी साह, वडा अध्यक्षहरू विजय शंकर यादव, महेन्द्र दास, बिश्वनाथ साह, सुरेश पंडित, सशस्त्र प्रहरी निरीक्षक सुभाष खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए। अभियानमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र कर्मचारीहरूलाई कदरपत्रबाट सम्मानित गरिएको स्वास्थ्य संयोजक रामाकान्त यादवले जानकारी दिए ।
Home प्रदेश समाचार मधेश प्रदेश राजदेवी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा सभा कार्यक्रम
राजदेवी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा सभा कार्यक्रम
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।