एजेन्सी ।। भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका छन् । आगामी अगस्ट १४ मा प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘कुली’का लागि लिएको पारिश्रिमकले उनी एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका हुन्। जबकि उनको उमेर ७४ वर्ष भइसकेको छ।
लोकेश कनागराजको निर्देशनमा बन्ने फिल्म ‘कुली’ सन् २०२५ को भारतकै सबैभन्दा महँगो र ठूलो प्रोजेक्ट मध्ये एकका रुपमा चर्चा भइरहको छ।
विभिन्न भारतीय मिडियाहरुले यो फिल्मको लगानी चार सय करोड भारतीय रुपैयाँ रहेको बताएका छन् । प्रदर्शनको १०० दिने ‘काउन्ट डाउन्ट’ सुरु गर्दै निर्माण पक्षले एक प्रोमो भिडियो सार्वजनिक गरेको थियो। जसमा रजनीकान्तको ‘योङ लुक्स’ले चर्चासमेत पाएको छ । अहिले उनको पारिश्रमिकको विषय पनि चर्चामा आएको छ। उनले ‘कुली’का लागि २६० करोडदेखि २८० करोड भारुसम्म पारिश्रमिक बुझेको भारतीय मिडिया टाइम्सअफ इन्डियाले उल्लेख गरेको छ।
बलिउडका महँगा नायक सलमान खान र शाहरुख खानको भन्दा पनि यो धेरै ठूलो पारिश्रिमक हो। सलमान र शाहरुखले १०० करोड हराहारी पारिश्रमिक बुझ्ने गरेका छन् ।
एसियाको महँगो नायकका रुपमा ज्याकी च्यानलाई लिइँदै आएको थियो। रजनीकान्तको यो पारिश्रमिक ज्याकी च्यानको भन्दा बढी हो ।
रजनीकान्त बने एसियाकै महँगो नायक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।