काठमाडाै ।। सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । बिहीबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएका हुन् । चालु आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेटलाई घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । कटौती बजेट अनुसार चालुतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०.२४ प्रतिशत, पूँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात् ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात् विनियोजनको ९९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ८६ अर्ब ९८ करोड आन्तरिक ऋणमा ३ खर्ब ३० अर्ब र वैदेशिक अनुदान ३६ अर्ब तथा वैदेशिक ऋण १ खर्ब ८० अर्ब खर्च हुने संशोधित अनुमान गरिएको छ। वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने अर्थमन्त्री पौडेलले दाबी गरेका छन् । बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनका लागि सबै सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना नगर्ने उल्लेख गरिएको छ ।
यसका साथै खर्चको मापदण्ड बनाई चालु खर्चमा मितव्ययिता कायम गर्ने जनाइएको छ ।
स्रोतमा परेको चापलाई दृष्टिगत गरी अनिवार्य दायित्व बाहेक चालु खर्चतर्फ विनियोजित नेपाल सरकारको स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने जनाइएको छ ।
१ खर्ब ६८ अर्बले बजेटको आकार घटइयाे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।