रौतहट ।। पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि रौतहट सहित मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कममात्रामा देखिएको छ । चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । शीतका कारण सडकमा गुड्ने सवारी साधनहरूको चाप केहीमात्रामा घटेको छन् ।
मानिस बाहिर निस्किन सकेका छैनन् । चोकचोक तथा पसल अगाडि आगो फुकेर ताप्दै गरेको दृष्य देख्न सकिन्छ । शीतका कारण सडकहरू भिजेका छन् भने बाक्लो हुस्सु र चिसो हावाले सदरमुकाम गौरको जनजीवनलाई प्रभावित बनेकोे छ । चिसोका कारण विद्यार्थी र ज्येष्ठ नागरिक बढी सङ्ख्यामा प्रभावित भएका छन् । चिसोका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुँदै गइरहेको छ । चिसो तथा शीतलहर बढ्दै जादा अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । शीतलहरसँगै चिसो बढ्दै जादा जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदादिएका छन् ।
शीतलहरबाट रौतहट सहित मधेसका जिल्लामा जनजीवन प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।